एजेन्सीौ। साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसविरुद्ध शानदार जित निकालेको छ । शनिबार राति क्रिस्टलको घरेलु मैदानमा लिभरपुलले ७–० को शानदार जित निकालेको हो । लिभरपुलको जितका लागी रोबर्टो फिर्मिन्हो र मोहमद सलाहाले समान २÷२ तथा, तकुमी मिनामिनो, साडियो माने र जोर्डन हेन्डरसनले १ ÷ १ गोल गरे । जितसंगै शीर्ष स्थानको एनफिल्ड क्लबले तालिकामा ६ अंकको स्पष्ट अग्रता लिएको छ । लिभरपुलले लगातार तेस्रो सिजन क्रिसमस अघि तालिकाको शीर्ष स्थानमा आफुलाई राख्न सफल भएको छ । क्रिस्टल १७ अंक सहित तालिकाको १४ औं स्थानमा छ ।








