चितवन । चितवन मेडिकल कलेज (सिएमसी) ले न्यूक्लियर मेडिसिन सेवा सुरु गरेको छ । देशकै नमुना न्यूक्लियर मेडिसिन विभाग स्थापना गरिएको जनाएको छ । कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा। हरिश्चन्द्र न्यौपानेले उच्चस्तरीय प्रविधिसहितको सेवा मार्फत सेवा दिइरहने प्रतिवद्धता जनाउनुभयो । अस्पतालमा अत्याधुनिक र अति विशिष्ट सेवाका रुपमा न्यूक्लियर मेडिसिन सेवा सन्चालन गरिएको बताउनुभयो । मुटु, मस्तिष्क, थाइराइड, फोक्सो, मृगौला, कलेजो, हड्डी लगायतका प्राय सबै विभागका बिरामी लाभान्वित हुने अस्पतालको दाबी छ । डा। जीवन पौडेलको नेतृत्वमा न्यूक्लियर नेडिसिन सेवा दिन लागिएको हो । अस्पतालका अनुसार यो सेवा देशकै पहिलो सेवा हो । यो सेवा अन्तर्गत सानो मात्रामा रेडियोधर्मी अौषधि बिरामीको नशामा दिदा निस्कने गामा विकिरण मार्फत स्पेक्ट सीटीको माध्यमबाट शरिरका विभिन्न अंगको जांच हुने गर्छ । यस मार्फत थाइराइडका क्यान्सरको समेत पूर्ण सफल उपचार हुने बताइएको छ । विना अपरेशन थाइराइडका गलगाडको उपचार हुने अस्पतालले जनाएको छ । अस्पतालमा अब थाइराडको कम्प्रेहेन्सीभ थाइराइड कियर क्लिनिक सन्चालन हुनेछ । थाइराइडको क्यान्सर लगायत जुनसुकै समस्याको सफल उपचार हुने दाबी छ । सिएमसीमा दैनिक १५ सय बढी बिरामीले ओपिडी सेवा लिने गरेका छन् ।








