धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रको विवाद जिल्ला हुँदै स्थानीय तह सम्म पुग्न थालेको छ । कैलाली जिल्ला पार्टी कार्यालय कब्जामा लिएको भोलि पल्टै प्रचण्ड नेपाल समूहले कैलालीको गोदावरी नगरपालिकामा पनि पार्टी कार्यालय कब्जा गरेका छन् । गोदावरी नगरपालिकाको कार्यालयमा प्रचण्ड नेपाल समूहले गरेको तालाबन्दीको १ घण्टा पुरा नहुँदै ओली समूहले ताला तोडेर कार्यालय आफ्नो नियन्त्रणमा लिएको युवासंघ गोदावरीका सहसंयोजक दुर्गा प्रसाद अधिकारीले बताए । ‘हामीले अहिले पार्टी कार्यालयमा लगाएको ताला फोडेर कार्यालय नियन्त्रणमा लिएका हौँ’ उनले भने । गोदावरी ओली सरकारका उद्योग मन्त्री लेखराज भट्टको गृह क्षेत्र हो ।








