• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कुखुरापालक किसानले पाउन थाले उचित मूल्य

  •   बिहिबार, पुष ०९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लामो समयदेखि नोक्सान व्यहोरेका कुखुरा पालक किसानहरु आफ्नो उत्पादनले मूल्य पाउन थालेपछि लाभान्वित भएका छन् । कोरोना संक्रमणका कारण बजार प्रभावित हुँदा किसानले लागत मूल्यभन्दा कममा बिक्री गर्नु परेको थियो ।

    कुखुराको अण्डा, मासु र चल्लाको लागत मूल्यभन्दा बढीमा किसानहरुले बिक्री गर्न पाएसँगै लाभान्वित भएका हुन् । कोरोना संक्रमणको बेला झण्डै पाँच महिना चल्ला उत्पादन गरेर पनि नष्ट गरेका ह्याचरी उद्योगहरुले चल्लाको उचित मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टिकाराम पोखरेलका अनुसार आज उद्योगले रु.७० प्रतिगोटा ब्रोईलर चल्ला बिक्री गरेका छन् । उहाँका अनुसार कोरोना संक्रमणको समयमा झण्डै पाँच महिना चल्ला बिक्री नभएर नष्ट गर्नु परेको थियो ।

    त्यस्तै लेयर्सको चल्ला प्रतिगोटा रु.१२५ र कोईलरको रु.७० मा बिक्री भईरहेको छ । किसानले चल्ला राख्न थालेपछि बिक्री हुन थालेको हो । नेपालमा ३२४ वटा ह्यचरी उद्योग रहेका छन् । हाल सातामा ३० देखि ३५ लाख ब्रोईलर चल्ला उत्पादन हुने गर्दछ । यसको माग ४० लाखभन्दा माथि रहेको पोखरेलको भनाई छ । उत्पादन कम भएका कारण मूल्य बढी हुँदा पनि सोचे जति मुनाफा लिन भने नसकिएको उहाँको भनाई छ । उत्पादन राम्रो हुँदा ब्रोईलर चल्लाको लागत मूल्य रु.५६ पर्ने संघको तथ्यांकमा उल्लेख छ ।

    अण्डाको मूल्य पनि बढेको छ । हाल प्रतिक्रेट (३० गोटा) रु.३४५ मा बिक्री हुने गरेको छ । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार अण्डाको लागत मूल्य रु.११.५३ हो । किसानले लामो समयपछि अण्डाको उचित मूल्य पाएको केसीले बताउनुभयो । तीन वर्ष अघि प्रतिक्रेट रु.३६० पुगेको अण्डा क्रमशः घटेर लागत मूल्यभन्दा निकै कममा झरेको थियो ।

    कोरोना संक्रमणको समयमा समेत रोग प्रतिरोधी क्षमता बढ्ने भएकाले यसको खपत बढेको उहाँ बताउनुहुन्छ । अण्डाको मूल्य अरु बढ्ने किसानको अपेक्षा छ । हाल देशभरमा २ हजार ७०० किसान प्रत्यक्ष रुपमा अण्डा उत्पादनमा संलग्न छन् । दैनिक अण्डाको उत्पादन ३० लाखदेखि ३२ लाखसम्म रहेको संघको तथ्यांक छ ।

    कोरोना संक्रमणको समयमा निकै घटेको कुखुराको मासुको मूल्य अहिले बढेको छ । नेपाल दाना अण्डा बितरक संघका केन्द्रीय अध्यक्ष तेजनारायण पाण्डेका अनुसार तयारी मासु प्रतिकिलो रु.३३० मा बिक्री भएको छ । किसानले जिउँदो कुखुराको फार्म मूल्य रु.२१० हाराहारी पाएका छन् । लागत मूल्यभन्दा बढी भएको उहाँले जानकारी दिनुभयो ।

    कोरोना संक्रमणको समयमा जिउँदो कुखुरा रु.९० प्रतिकिलोमा समेत बिक्री गर्न किसान बाध्य भएका थिए । कुखुरा नबिकेपछि लामो समय पाल्न बाध्य हुँदा किसानले ठूलो नोक्सान व्यहोर्नु परेको थियो । कतिपय किसान विस्थापित समेत भएको पाण्डेको भनाई छ । उहाँले भन्नुभयो “कुखुरा पाल्ने किसानको लागत मूल्यभन्दा बढी आम्दानी होस् भनेर हामीले आम जनतालाई मासु र अण्डाको बारेमा प्रचारप्रसार समेत गरेका छौं ।”

    कुखुराजन्य उत्पादनको मूल्य बढिरहँदा दानाको मूल्य समेत बढेपछि लागत मूल्य थपिएको छ । नेपाल दाना उद्योग संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष शंकरप्रसाद कँडेलका अनुसार हालसालै मकै र भटमासको मूल्य बढेको छ । मकैमा प्रतिकिलो रु.७ र भटमासमा रु.१२ बृद्धि भएको उहाँले जानकारी दिनुभयो । दानामा ८० प्रतिशत मकै र भटमास प्रयोग हुने गर्दछ । कच्चा पदार्थको मूल्य धेरै बढेपनि किसानको अवस्था हेरेर दानामा रु.३ प्रतिकिलो बढाईएको उहाँले जानकारी दिनुभयो ।

    दानाको अधिकांश कच्चा पदार्थ भारतलगायतका देशबाट आउने गर्दछ । जसका कारण मूल्य अन्तर्राष्ट्रिय बजारमा निर्भर हुन्छ ।

    नेपालमा कुखुराजन्य व्यवसायमा अरबौंको लगानी रहेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.