• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

नवलपरासी रामग्राम नगरपालिकामा राहतका नाउँमा गरिबलाई गुणस्तरहिन चामल

  •   शनिबार, चैत २९, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    परासी । राहतका नाउँमा गरिबलाई गुणस्तरहिन चामल दिएको भन्दै पश्चिम नवलपरासी रामग्राम नगरपालिकाका गरिब तथा विपन्न समुदायले नगरपालिका अगाडी खाद्यन्न फ्याँकी दिएका छन् । नगरपालिकाले गरिब तथा विपन्नको तथ्यांक संकलन गरी बिहिवारदेखि वडा मार्फत खाद्यन्न वितरण सुरु गरेको थियो । नगर क्षेत्रमा उपलब्ध गराइएको खाद्यन्नअन्तरगत चामल गन्हाएको र खाने जस्तो नभएको भन्दै गरिब तथा विपन्नले आफूले पाएको खाद्यन्न नगरपालिकाको गेट अगाडी लगेर छरिदिएका हुन् । चामल गुणस्तरहिन मात्रै होईन तौल समेत कम रहेको गरिब विपन्न वर्गको भनाई छ ।

    १८ वटा वडा रहेको नगरपालिकाले कुल २३ सय विपन्नलाई राहत वितरण गर्न खाद्यन्न सामाग्री खरिद गरेको छ । शुक्रबार बिहान वडा नं. ६ र ११ मा वितरण गरिएको खाद्यन्न गुणस्तरहीन भएको पाइएपछि नगरपालिकाले सबै वडामा राहत बाँड्न रोक लगाएको छ । ५ जनासम्मको परिवारलाई १० केजी चामल, १ केजी दाल, आधा लिटर तेल, आधा केजी स्वायविन र दुई वटा सावुन वितरण गर्ने गरी नगरपालिकाले राहत प्याकिङ्ग गरेको थियो । २ जनासम्मको परिवारलाई ५ केजी चामल र सोही अनुसारका अन्य खाद्य सामाग्री राहत बाँड्न पठाइएको थियो । उपलब्ध गराइएको खाद्यन्नको तौल समेत कम छ । राहत सामाग्री वितरण स्थलमा पुगेका पत्रकारहरुका अगाडी उनीहरुले चामलको प्याकिङ्ग नै तौल गरेर देखाएका थिए । तौलका क्रममा १० केजी चामलमा १ केजी र ५ केजीमा आधा केजी चामल कम देखिएको छ ।

    गुणस्तरहिन चामल र स्वायविन बाँडेपछि विपन्नहरुले आफूहरुलाई पशुले पनि खान नसक्ने अन्न ल्याएर दिएको भन्दै नगरपालिकासँग आक्रोश पोखेका छन् । ‘ यो चामल गन्हाएर खानै सकिन्न, पशुले पनि खान नमान्ने चामल हामी गरिबलाई किन दिइयो ? गरिबलाई हेप्ने गरी बाँडिएको राहतले झन चोट थपिएको छ । रामग्राम नगरपालिका–११ पाडाटिकरका स्थानीय ओम प्रकाश मुसहरले भने । उनले पकाएको भात देखाउँदै भने,‘ हेर्नुस् चामल पकाउँदा पिठो जस्तो छ । कसरी खाने ? गन्हाएर मुखमा लानै सकिन्न । स्वायविन भिजाँउदा पानीमा किरा तैरिन्छ ।’ उनले भने । नगरपालिकाले सोना मनुसली भनेर पठाएको चामल मोटा रहेको त्यो पनि गन्हाएको रहेको उनले बताए । ‘दाल राम्रो छ । स्वायबिन र चामल खान लाएकको छैन ।’ उनले भने ।

    अर्का स्थानीय धनिराम यादवले वितरण गरिएको चामल रक्सी बनाउन प्रयोग गर्ने खालको जस्तो रहेको बताए । उनले नगरपालीकाका कर्मचारी र जनप्रतिनिधि मिलेर भ्रष्टचार गरेकाले यस्तो चामल गरिबलाई वितरण गरेको आरोप लगाए ।

    वडा नं. ११ का अध्यक्ष बम बहादुर थारुले वडाले नभई नगरपालिकाले प्याकिङ्ग गरेर राहत पठाएको बताए । राहत वितरण गर्न लाग्दा सुगरले खाने लाएको पनि छैन भन्दै स्थानीयले फर्काएको उनले बताए ।‘ चामल खराब छ । तौल पनि कम छ । सबै राहत नगरपालिकामा लगेर स्थानीयले फालिदिए ।’ उनले भने ।

    नगरपालिकाले २ सय ५० क्विन्टल चामल परासीस्थित राजेश राईस मिलबाट खरिद गरेको हो । १० लाखमा खरिद गरिएको चामलको मूल्य प्रति केजी ४० रुपैयाँमा खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद रेग्मीले बताए ।

    चामल उपलब्ध गराएका व्यवसायी पटवारी बनियाँले पुरानो धानको चामल रहेकोले कमसल जस्तो देखिएपनि त्यस्तो नभएको बताए । चित्त नबुझे सबै चामल फेरेर अर्को दिने उनले बताए ।

    चामल गुणस्तरहीन रहेको जानकारी आएकाले गुणस्तर मापन गरेर राहत वितरण हुने नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए । ‘स्थानीय व्यापारीलाई राम्रो चामल प्याक गरेर पठाउन भनेका थियौं । सुरुमा राम्रै चामल देखाए । पछि नराम्रो पठाएछन् । राम्रै होला भनेर नगरपालिकामा पुनः जाँच गरेनौं । अहिले कम गुणस्तर भएको भन्दै वडाबाट फिर्ता आउन थालेको छ ।’ नगर प्रमुख गुप्ताले भने । कम तौल र गुणस्तरहीन पठाउने व्यापारीलाई कारबाही गरिने उनले बताए ।‘ व्यवसायीको गल्तीले समस्या आएको हो । वजन कम भएको भए घटी तौल र अखाद्यवस्तु बिक्री गरेकोमा कारबाही गर्छौ । ’ नगर प्रमुख गुप्ताले भने ।

    प्रशासनद्धारा छानविन समिति

    गुणस्तरहीन राहत वितरण गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले ५ सदस्यीय गुणस्तर र नाप तौल गर्न समिति गठन गरेको छ । राहतबारे चौतफि आलोचना आएपछि प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले प्रशासकीय अधिकृत सागर गौतमको संयोजकत्वमा समिति गठन गरेका हुन् । समितिमा घरेलु तथा साना उद्योगका प्रमुख, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र उद्योग वाणिज्य संघका प्रतिनिधि छन् । ‘हामीले सेम्पल लिएर चामल र स्वायविनको गुणस्तर मापन गर्न भैरहवा पठाउँछौं । अहिले नै तौल कम र गुणस्तरबा बारेमा बताउन सक्दैनौ । ’ प्रशासकीय अधिकृत गौतमले भने ।

    उपमेयरको विज्ञप्ती मैले वितरण नहुदै जानकारी गराएको हो

    नगरपालीकाले गुणस्तहिन चामल वितरण गरेको भन्दै मुलगेटमै राहत पाएकाहरुले चामल फ्याकेपछि नगरपालीकाकि उपमेयर रम्भा कुँवरले भने आफुले चामल देख्ने वित्तिकै जानकारी गराएपनि मेयर नरेन्द्र कुमार गुप्ता र प्रशासकिय अधिकृत रुद्र रेग्मीले वास्ता नगरेको बताएकि छन् । मैले पहिल्यै चामल राम्रो छैन् भनेकि हुँ तर सुनुवाई भएन उनले एक विज्ञप्ती जारी गर्दे भनेकि छन् । चामल खरिदमा लापरवाहि भएको र भ्रष्ट्रचार भएको गन्ध आएकाले तत्कालै छानविन हुनुपर्ने र नेतृत्व पंक्ति यस्बाट उम्कन नमिल्ने उनको भनाई छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.