चितवन : बागमती प्रदेशको तीनजना मन्त्रीले राजीनामा दिएका छन्। शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएको कानुनमन्त्री जमकट्टेलले जनाकारी दिए।
उनका अनुसार प्रदेशसरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गराएको छ। पुस ५ गते संसद् विघटन भएपछि त्यसविरुद्ध नेकपामै दुई गुट देखिएका छन्। त्यसको असर केन्द्रदेखि प्रदेशसम्म पर्न थालेको छ। यता, प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले आज काठमाडौंको माइतीघरबाट आन्दोलन शुरु गरेको छ। नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल अमृत बोहोरा, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु प्रदर्शनमा सहभागी भएका छन्।








