• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

राहत वितरण गर्दा तीन जनामात्र उपस्थित हुन आग्रह

  •   शनिबार, चैत २९, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले भीडभाडमा राहत सामग्री तथा सहयोग वितरण नगर्न स्थानीय तहलाई आग्रह गरेको छ । ‘लकडाउन’को मारमा परेका सर्वसाधारणलाई राहत सामग्री तथा सहयोग वितरण गर्नेक्रममा हरेक ठाउँमा भीडभाड देखिएको भन्दै प्रशासनले तीन जना मात्र उपस्थित हुने व्यवस्था कार्यान्वयन गर्न जिल्लाका सबै स्थानीय तहलाई आग्रह गरेको हो ।

    स्थानीय तहका प्रतिनिधि एक, सुरक्षाकर्मी एक र एक जना दाताको मात्र उपस्थिति रहनेगरी राहत सामग्री तथा सहयोग वितरण गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । “हरेक स्थानीय तहमा राहत तथा सहयोग वितरण गर्नेक्रममा भीडभाड हुने गरेको देखिएको छ”, उहाँले भन्नुभयो, “भीडभाड हुँदा कोरोना भाइरसको सङ्क्रमण फैलिने खतरा भएकाले आगामी दिनमा भीडभाड कम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरिएको हो ।”

    दैनिक ज्यालादारी काम गर्ने तथा विपन्न परिवारलाई राहत वितरण गर्दा सामाजिक दूरी समेत कायम गर्न आग्रह गरिएको प्रशासनले जनाएको छ । लकडाउनको मारमा परेका व्यक्तिलाई प्रदान गरिने राहत वितरणको नाममा जिल्लाका स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी कुनै चाडपर्व मनाएझै भेला हुने गरेका छन् । यतिसम्म कि कतिपय स्थानीय तहका जनप्रतिनिधि तस्वीर खिचाउँनकै लागि भेला हुने गरेका छन् । जिल्लामा लक्षित वर्गलाई वितरण राहत सामग्रीभन्दा जनप्रतिनिधि बोक्ने गाडीको लस्कर बढी हुने गरेको पाइएको छ ।

    यसैबीच, खोटेहाङ गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्केका नागरिकसँग भेटघाट गर्न घरदैलो अभियान शुरु गरेको छ । विदेशबाट फर्केका नागरिकको होम क्वारेन्टाइन बसाई, उनीहरु तथा उनीहरुको परिवारको स्वास्थ्य अवस्था लगायत जानकारी लिन गाउँपालिकाले घरदैलो अभियान शुरु गरेको हो ।

    नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि हालसम्म विभिन्न देशबाट घर फर्किएका ३३ जना स्थानीयवासीको घरमा पुगेर स्वास्थ्य जाँच गर्दै उनीहरुको हालको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताउनुभयो । “भेटघाटकाक्रममा विदेशबाट फर्किएका व्यक्तिको परिवारका सदस्यको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी लिने गरिएको छ”, उहाँले भन्नुभयो, “घेटघाटकामा कोरोना भाइरसबाट बच्ने उपायलाई प्रभावकारी रुपमा अपनाउन सर्वसाधारणलाई सचेत गराइएको छ ।”

    गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा पिपिई सेट, मास्क, ग्लोब्स, सेनीटाइजर, बाल्टीन, बाटा, सावुन लगायतका स्वास्थ्य सुरक्षा तथा सरसफाईका सामग्रीको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । नौँ वडामा रहेको उक्त गाउँपालिकामा ५० शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । यस्तै, भोजपुरसँगको सिमानामा पर्ने पामाखामभञ्ज्याङ र उदयपुरसँगको सिमानामा पर्ने रसुवधाघाटमा हेल्थडेस्क सञ्चालन गरिएको छ । हेल्थडेस्कमा आइपुगेका स्थानीयवासीको व्यक्तिगत विवरण तथा स्वास्थ्य स्थितिको अभिलेख राख्ने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख प्रदीप राईले बताउनुभयो ।

    गाउँपालिकाले हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई प्रतिदिन रु एक हजार र अन्य स्वास्थ्यकर्मीलाई दैनिक रु ५०० प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाले कोरोना भाइरसबाट सर्वसाधारण बचाउन वडा–वडामा सचेतनामूलक अभियान सञ्चालन गर्ने तयारी समेत गरेको छ । कोरोनाबाट बच्न र बचाउन आवश्यक सचेतनामूलक गतिविधिलाई वडा–वडामा केन्द्रित गरिने गाउँपालिका प्रमुख राईले बताउनुभयो । सचेतनामूलक गतिविधि सञ्चालन गर्न महिला स्वास्थ्य स्वयम्सेविकालाई टोल–टोलमा पहिचान गरिने छ ।

    कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएसँगै रोजगारीको सिलसिलामा विभिन्न देशबाट जिल्ला भित्रिनेको सङ्ख्याबढे पनि खोटाङमा अहिलेसम्म २४ जना मात्रै क्वारेन्टाइनमा बसेका छन् । ३०४ शैयाको क्वारेन्टाइन र १३ शैयाको आइसोलेसन वार्ड निर्माण गरिएको जिल्लामा स्थानीय तहले विदेशबाट आएकालाई पनि होम क्वारेन्टाइन भन्दै घरैमा बस्न दिएपछि क्वारेन्टाइन बस्नेको सङ्ख्या न्यून देखिएको हो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.