काठमाडौं । कञ्चनपुरमा नेपाल कम्युनिष्ट पार्टीका दुई पक्षबीच झडप भएको छ । नेकपाको जिल्ला कार्यालय महेन्द्रनगरमा ओली समूहले लगाएको ताला नेकपाको संस्थापन पक्ष (प्रचण्ड नेपाल)ले खोल्न खोजेपछि झडप भएको हो । ओली समूहका नेताहरुले नेकपा विभाजनतिर गएपछि न्यायालयले यसबारे प्रस्ट निर्णय नदिएसम्म कुनै पनि कार्यक्रम हुन नदिने अडान लिएका छन् । यता, प्रचण्ड(नेपाल पक्ष भने तत्काल ताला खोल्नु पर्ने बताउँछन् । अहिले पार्टी कार्यालय परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।








