• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

कोभिड विरुद्धको नयाँ खोप आउन सक्ने सन्देश (ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन)

  •   आइतबार, पुष १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । आगामी मार्चभित्र कोभाक्स सुविधाअन्तर्गत कोभिडविरुद्धको खोप आउन सक्ने भन्दै गाभी (ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) ले तयारी अवस्थामा रहन सन्देश पठाएको छ । खोपको भण्डारण, ओसारपसारलगायत अन्य तयारीका लागि गाभीले सरकारलाई जानकारी गराएको हो । ‘नयाँ वर्षको पहिलो तीन महिनाभित्र उपलब्ध गराउन सकिने जानकारी गाभीले दिएको छ,’ स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमले भने, ‘कति दिने भनेर खुलाएको छैन तर तयारीमा बस्न भनेको छ ।’उक्त जानकारीपछि न्यूनतम ३ प्रतिशत जनसंख्याका लागि आउने खोपको भण्डारण, ओसारपसारलगायत प्रक्रियाको सरकारले थालनी गरेको छ । कोभाक्ससँग खोप सुनिश्चितताका लागि निरन्तर सूचना आदानप्रदान भइरहेको डा. गौतमले बताए । गाभीको सूचनापछि मन्त्रालयले गाइडलाइन, कोल्डचेन, खोप केन्द्र, तालिम, सूचना सम्प्रेषण, खोप लगाउनेको प्राथमिकतालगायतमा पनि तयारी थालेको छ । कोभाक्सभन्दा पहिले नै नेपालमा अनुकूल हुने अर्को खोप आए त्यसलाई ल्याउने प्रक्रियाबारे पनि तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको भनाइ छ । आउँदो मार्चसम्म कोभाक्सबाट न्यूनतम ३ प्रतिशत जनसंख्या अर्थात् ९ लाख जनालाई पुग्ने खोप आउन सक्ने मन्त्रालयको आकलन छ । कोभाक्सले मुलुकको २० प्रतिशत जनसंख्या अर्थात् ६० लाख जनालाई पुग्ने खोप उपलब्ध गराउने प्रतिबद्घता जनाएको थियो । ‘स्वास्थ्यकर्मीसहित कोभिड नियन्त्रण र व्यवस्थापनमा प्रत्यक्ष संलग्न भएका अन्य व्यक्ति गरी करिब ९ लाख जनालाई पहिलो चरणको खोप दिने रणनीति छ,’ मन्त्रालयका एक पदाधिकारीले भने । हालसम्म मुलुकमा कोभिड संक्रमण पुष्टि भएका २ लाख ५७ हजार २ सय जनामध्ये ५ हजारभन्दा बढी स्वास्थ्यकर्मी छन् । सरकारले स्वास्थ्यसम्बन्धी काउन्सिलमा दर्ता भएका सबै स्वास्थ्यकर्मीलाई खोप लगाउने डा। गौतमले बताए । ‘यसबाहेक स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीबाहेकका अन्य जनशक्तिलाई समेत खोप दिइनेछ,’ उनले भने । नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्लगायत विभिन्न काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या २ लाख ५० हजारदेखि ३ लाखसम्म रहेको मन्त्रालय स्रोतले बतायो । सन् २०२१ मा कोभाक्समार्फत विश्वको कमजोर र मध्यम अर्थव्यवस्था भएका ९२ मुलुकलाई १३० करोड खोप उपलब्ध गराउने कोभाक्सले बताएको छ । १ सय ९० राष्ट्रको अनुरोधमा खोप बनाउने कम्पनीसँग सम्झौता गरेको उसले जनाएको छ । कोभाक्सले अक्सफोर्ड–अस्ट्राजेनिकाद्वारा बनाइएको २० करोड खोप किन्नेछ । उक्त खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिन्छ । नेपालमा सरकारी खोप कार्यक्रमअन्तर्गत २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्ने खोपका लागि कोल्ड चेन, ओसारपसारलगायत क्षमता भएकाले यस्तो खोप सहज रूपमा उपयोग गर्न सकिने विज्ञहरूले बताउँदै आएका छन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.