काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रमा देखिएको विवादसँगै यसको असर प्रदेशहरुमा पनि पर्न थालेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ । यसअघि आजै विहान प्रदेश १ का तीनजना मन्त्रीहरुले सामुहिक राजिनामा दिएका थिए । राजिनामा दिने मन्त्रीहरुमा सामाजिक विकास मन्त्री जिवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वास रहेका छन् ।








