सप्तरी । सप्तरीमा धान कुट्ने मेशिनको पट्टामा फस्दा एक किशोरीको मृत्यु भएको छ । अग्निसाईर कृष्णसावरण गाउँपालिका-६ रथवाला बस्ने राजदेव पंडितकी १७ वर्षीया छोरी नोमिका पंडितको आफ्नै धान कुट्ने मिलमा धान कुटिरहेको अवस्थामा मिलको पट्टामा फस्दा आइतबार दिउँसो मृत्यु भएको हो ।








