चितवन । चितवनको भरतपुर स्थित कटहर चोकमा रहेको चितवन गार्डेन रिसोर्टले आगामी अँग्रेजी नयाँ वर्षको दिन बाट आफ्नो सेबा संचालनमा ल्याउने भएको छ । रिसोर्टले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सम्पुर्ण निर्माण तथा ब्यबस्थापनको काम पूरा भएकोले रिसोर्ट संचालनको तयारी गरेको हो । पत्रकार सम्मेलनमा रिसोर्टका प्रवन्ध निर्देशक तेजप्रसाद घिमिरेले रिसोर्टको सबै ब्यबस्थापकिय काम पूरा भएकाले उद्घाटनको तयारी गरिएको बताउदै रिसोर्ट संचालन पछि चितवनको पर्यटनको बिकाशमा थप सहयोगी हुने बताए । उहाँले रिसोर्ट संचालन गर्न ३० करोड खर्च भएको जानकारी दिनुभयो । सो रिसोर्ट १७.५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ, र रिसोर्टमा २८ वटा लक्जरियस कोठाहरु रहेका छन् भने डिजिटल बार, स्वीमिङ पुल, रुफटप रेष्टुरेन्ट, आधुनिक डायनिङ रेष्टुरेन्ट, एक हजार जना क्षमताको व्याङक्वेट हल रहेको संचालक श्रीराम देबकोटाले बताए । हाल आंशिक रुपमा संचालनमा रहेको रिसोर्टमा ३२ जनाले रोजगारी पाएका र रिसोर्ट पुर्ण रुपमा संचालनमा आए पछि एकै पटकमा ६० जना पाहुनालाई बस्नका लागि ब्यबस्थापन गरिएको जनाइएको छ ।








