काठमाडौं । आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ। सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको हो । सहमति भएसँगै मंगलबारदेखि धर्ना र आन्दोलन रोकिएको छ। यदि भुक्तान नगरेमा चिनी मिलहरूलाई कारबाही गर्ने पनि सहमति भएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । उखु किसानहरू गत मंसिर २८ गतेदेखि माइतीघरमा आन्दोलनरत थिए।








