• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

आन्तरिक पर्यटकले व्यवसाय धान्न गाह्रो : व्यवसायी

  •   बुधबार, पुष १५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोना महामारीको बीचमा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा आएको चितवनको सौराहामा पर्यटक आगमन सन्तोषजनक हुन सकेको छैन । कोरोनाका कारण विदेशी पर्यटकहरु आउन सक्ने अवस्था नरहेको स्थितिमा अहिले फाट्टफुट्ट मात्र आन्तरिक पर्यटक आएका छन् । ती पर्यटकबाट भएको आम्दानीले खर्चसमेत धान्न नसक्ने अवस्था रहेको व्यवसायीहरु बताउँछन् । पछिल्लो एक महिनायता सौराहामा बास बस्ने पर्यटकको संख्या १५ प्रतिशत र दिनभरि घुमेर बेलुका घर फर्कने पर्यटकको संख्या ३० प्रतिशत रहेको छ । दुई, तीन दिनको प्याकेज कार्यक्रममा सहभागी भएर गन्तव्य घुम्ने पर्यटकको संख्या कम रहेका कारण व्यवसायीहरुले लगानी उठाउन सक्ने अवस्था छैन । ‘पर्यटक आएनन् भन्दा थोरै मात्रामा छन्, क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दीपक भट्टराईले भने, ‘बास बस्ने पर्यटकको संख्या निकै कम छ ।’ बिहान आएर दिनभरि सौराहामा घुम्ने पर्यटकको संख्या केही बढी रहेको भए पनि त्यसले सौराहाको पर्यटन नचल्ने उनको भनाइ छ । चैत यता आठ महिना होटल बन्द गरेका व्यवसायीहरुले सौराहा खुलेपछि पनि राम्रोसँग खर्च गर्ने आर्थिक हैसियत भएका पर्यटकहरु यहाँ आउन नसकेको व्यवसायीहरुले बताएका छन् । सौराहा खुलेसँगै हात्ती, जिप सफारी, डुंगा सयर खुलेका छन् । तर, पर्यटकलाई सेवा दिने अंगहरुले राम्रोसँग सेवा प्रदान गर्न सकेका छैनन् । ड्याम साइडमा रहेको राप्ती रेस्टुरेन्टका सञ्चालक पुरूषोत्तम लामिछानेले केही संख्यामा पर्यटक आएको भए पनि सन्तोषजनक व्यापार नभएको बताए । ‘पहिलाजस्तो हातै बाँधेर बस्नु परेको छैन’, लामिछानेले भने, ‘रेस्टुरेन्टमा २५ देखि ३० प्रतिशतमात्रै व्यापार भएको छ ।’ पछिल्लो समय सौराहाको रमणीय वातावरण हेरेर फर्कने पर्यटकको संख्या अधिक रहेको व्यवसायी लामिछानेले बताए । आन्तरिक पर्यटक प्रबर्द्धनका लागि क्षेत्रीय होटल संघ चितवन र रेवान सौराहाले छूट प्याकेज घोषणा गरेका छन् । रेस्टुरेन्टमा २० र होटलमा ४० प्रतिशतसम्म छूट प्याकेज घोषणा गरिएको संघका अध्यक्ष भट्टराईले बताए । आन्तरिक पर्यटन प्रबर्द्धनका लागि स्थानीय सरकारको सहकार्यमा व्यवसायीहरुले घुमौँ सौराहाअभियान सुरू गरेका छन् । कोरोनाको हिसाबले सौराहा सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न सो अभियान सुरू गरिएको हो । सौराहा सुरक्षित छ भन्ने सन्देश देशका ७ वटै प्रदेशमा पुरयाउने उद्देश्यका साथ अभियान सुरू गरिएको रेस्टुरेन्ट एण्ड बार एसोसिएसन सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले बताए । अभियानअन्तर्गत भएका प्रचारप्रसारका कार्यक्रमले सौराहामा बास बस्ने पर्यटकको संख्या ५० प्रतिशत पुर्याउने अपेक्षा गरिएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.