विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसदलाई निलम्बन गरेका छन् । बिहीबार राईले आफ्नो दल र दलका नेतालाई जानकारीनै नदिई मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन् । मुख्यमन्त्री राईले निलम्बन गरेका प्रदेश सांसद भीमप्रसाद आचार्य, जीवन घिमिरे, इन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्रीकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिला वल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोदा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साँवा, धिरेन्द्र शर्मा, टङ्क आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ छन् ।








