• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

एक्सपर्टले अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विद्यार्थीलाई दुई लाख डलर सहयोग गर्ने

  •   आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    अष्ट्रेलिया : एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसको परोपकारी संस्था ‘एक्सपर्ट फाउण्डेशन’ले कोरोनाको महामारीबाट प्रभावित भएका अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि दुई लाख अष्ट्रेलियन डलरको ‘कोभिड–१९ एक्सपर्ट सहयोग कोष’ स्थापना गरेको छ ।
    आज (आइतबार) एक विज्ञप्ती जारी गर्दै एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस र एक्सपर्ट फाउण्डेशनले अष्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सहयोग गर्नका लागि सो कोष स्थापना गरिएको जनाएको हो । सो कोषबाट १ लाख ५० हजार डलर सिधै विद्यार्थीलाई र बाँकी ५० हजार डलर विद्यार्थीका लागि सक्रिय सामाजिक संघसंस्थामार्फत सहयोग गरिने
    विज्ञप्तीमा उल्लेख गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को माहामारीबाट अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीका अभिभावकहरु पनि अहिले प्रभावित भएको र अष्ट्रेलियामा रहेका विद्यार्थीहरुको रोजगारीमा पनि असर गरेको यथार्थलाई मध्यनजर गर्दै कोष स्थापना गर्ने निर्णय गरिएको एक्सपर्टले जनाएको छ । यस कोष स्थापनाले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई केही हदसम्म भए पनि सहयोग पुग्नेमा एक्सपर्टको विश्वास छ । विज्ञप्तीमा भनिएको छ–‘कोभिड१९का कारण गर्दा अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीलाई पर्न सक्ने तत्कालिन र दीर्घकालिन असरहरुलाई न्यूनीकरण गर्न हामीले सुरुदेखिनै आफ्नो सक्रियता कायम राखेका छौं, सोही अनुरुप यो कोष स्थापना गरेका हौं ।

    कस्ता विद्यार्थीहरुले पाउछन् सहयोग ?
    पछिल्लो ६ महिनामा अष्ट्रेलिया गएका अन्तराष्ट्रिय विद्यार्थीहरु सबैभन्दा बढी प्रभावित रहेका छन् । सोही अनुरुप सन् २०१९ अक्टोबर १ यता अष्ट्रेलियाका पुगेका विद्यार्थीका लागि सहयोग केन्द्रीत गरिएको छ । सन् २०१९ अक्टोबर १ पछि अष्ट्रेलिया पुगेका विद्यार्थीहरु पहिलो प्राथमिकतामा छन् । यस्तै रोजगारी भएर पनि माहामारीका कारण रोजगारी गुमाएका र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस मार्फत अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थीहरुले सहयोग पाउने विज्ञप्तीमा उल्लेख छ । एक्सपर्टले अष्ट्रेलियाका विभिन्न राज्यमा भएका कार्यालय र विभिन्न सम्पर्क मार्फत विद्यार्थीहरुलाई सहयोग गरिने जनाएको छ । साथै सहयोग चाहने विद्यार्थीले एक्सफर्ट फाउण्डेशनको यो लिंकमा
    https://eevs.co/covid19-assistance गइ रजिष्ट्रेशन गर्न र थप जानकारी लिन सक्ने छन् । यस्तै कोभिड–१९ बाट प्रभावित विद्यार्थीहरुलाई कुनै सल्लाह चाहिएमा c19support@experteducation.com.au इमेल ठेगानामा मेल गर्न आग्रह गरिएको छ । एक्सपर्टले विद्यार्थीहरुलाई पर्न सक्ने समस्याहरुको बारेमा आफ्नो व्यावसायिक सम्बन्ध भएका शैक्षिक संस्थाहरुसंग आफ्नो तर्फबाट नियमित परामर्शमा रही विद्यार्थीहरुको तर्फबाट पैरवी गरिरहेको र विद्यार्थीहरुलाई सहयोग र सुविधा प्राप्त हुने बारेका सूचना उपलब्ध हुनासाथ विद्यार्थीहरुलाई जानकारी गराउने जनाएको छ । अष्ट्रेलियामा विद्यार्थीले घरभाडा, खाना र पढाईको शुल्क तिर्न समस्या भोगिरहेका छन् । हाल अष्ट्रेलियामा ५ लाख ४० हजार अन्तराष्ट्रिय विद्यार्थी पढिरहेका छन् । जसमा ५५ हजार नेपाली छन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.