गजल
यी बुढा नेताहरूलाई खै कसरी फाल्ने हाेला
शासन गर्न युवाले पाईला कसरी चाल्ने हाेला ।
देशकाे ढुकुटी नाटक गरि गरि रित्याई सके
अझै पनि यिनलाई किन र कसरी पाल्ने हाेला ।
मलाई लाग्छ याे देशमा धेरै पार्टि र नेता भए
ढुकुटी नै सके अब मुख कसरि टाल्ने हाेला ।
मै हुँ भनि बस्छन् बुढाहरू छाड्दैनन् कुर्चिहरू
साेचाैं युवाहरू बुढाहरूलाई कसरि गाल्ने हाेला ।
माने सम्म सम्मानले राखाैं सल्लाहाकारहरूमा
नमाने अाजै साेचाैं खाल्डाेमा कसरि हाल्ने हाेला ।
भरतपुर-११, चितवन








