सांकेतिक तस्विर
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका वडा नं.५ बुरबाट वडा नं। ४ प्रोकको पानीघट्ट जाने क्रममा काठेपुलबाट बूढीगण्डकीमा खसेर एक बालक बेपत्ता भएका छन्। पलबाट खसेर बुरका १२ बर्षका पेमा घ्याल्बो लामाको बेपत्ता भएको बालकका बुबा मिङ्ग्युर दोर्जे लामा ९जीवन० ले जानकारी दिनुभयो। ‘गण्डकीमाथि दुईवटा मुढा तेस्र्याएर पुल बनाएको छ ।
शुक्रबार बिहान साँढे दसबेजतिर त्यही काठेपुल तरेर म र मेरो छोरो प्रोकको पानीघट्टातर्फ जाँदै थियौँ’, उहाँले भन्नुभयो, ‘पुलमा दुईजना एकैचोटी तर्न मिल्दैनथ्यो । त्यसैले म पहिले पुल तरेर पारि गएँ । बाबु पछिपछि आउदैथियो तर एक्कासी उ गण्डकीमाथि खस्यो । उ खसेपछि बचाउन सक्छु कि भनेर पनि गण्डकीमा हेलिएँ । तर उसलाई भेट्टाउन सकिन । मलाई गण्डकीले बगाएर धेरै तल पु¥याएर पाखामा फाल्दियो र म बाँचे तर छोरालाई बचाउन सकिन ।
’ प्रहरी र स्थानीयबासीले तीनदिनसम्म खोजी गर्दा पनि छोरालाई फेला पार्न नसकेको उहाँले बताउनुभयो । उनी ङाक्यूर मेमोरियल स्कूल थानकोटमा कक्षा एकमा पढ्थे । पुल नहुँदा छोराले अकालमा जीवन गुमाउनु परेकोमा उनले दुख ब्यक्त गरे । ‘पुल नहुँदा मेरो जीवन त अन्धकार भयो, भावी दिनमा अरुले पनि यस्तो घटना बेहोर्नु नपरोस् भन्ने मेरो चाहना हो’, मिङ्ग्युर घ्याल्बोले भन्नुभयो, ‘पक्की पुलको अभावमा बुर गाउँका १० घरधुरीका बासिन्दा समस्यामा छन् ।।








