चितवन । भनिन्छ मानिसलाई अत्यावश्यक रुपमा चाहिने बस्तु हो गास, बास, कपास त्यसपछि बल्ल अरु सेवा तथा बस्तु । मानव शरीरलाई जीवन्त राख्न पनि यी बस्तुहरु अपरिहार्य हुन्छन । विश्वका प्राणीहरुमध्ये मानिस सर्वश्रेष्ठ प्राणी हो । उ आफ्नो विवेकले अरु प्राणी भन्दा सर्वश्रेष्ठ भएको हो । अहिले केही महिनादेखि विश्व एक महामारी रोग कोभिड १९ मा आक्रान्त छ । त्यसमा नेपाल पनि अछुतो छैन । भलै नेपालमा त्यस्तो अप्रिय घटना भने हुन पाएको छैन । यसको औषधी भ्याक्सिन हालसम्म पत्ता लाग्नत सकेको छैन तर वैज्ञानिकहरु यसको औषधि तथा भ्याक्सिन पत्ता लगाउन लागि परेका छन । रोगको जोखिम कम गर्न सतर्कता अपनाउन विश्वका प्राय सबै देशहरुले लकडाउन र संकटकालिन घोषणा गरेका छन । जसका कारण अधिकांश आर्थिक गतिविधि ठप्प छन । मानिसहरु घरभित्रै बसेर सरकारलाई साथ दिएका छन । यस्तो समयमा सबैभन्दा बढी मानिसलाई चाहिने बस्तु भनेको दैनिक उपभोग्य बस्तु हो । धनी देशका नागरिकलाई त सरकारले दैनिक उपभोग्य बस्तुको व्यवस्थापन त गरिरहेको छ । करौडौं डलर राहत कोषमा जम्मा हुने क्रम जारी छ । तर नेपाल विकासोन्मुख देश यहांँ प्रशस्त मात्रामा जनताको जीवन रक्षा गर्न आर्थिक स्रोत बलियो छैन, केही रकमहरु जम्मा हुने क्रम जारी छ तर त्यो पर्याप्त छैन । लकडाउनका कारण सबैभन्दा बढी नेपालमा दैनिक ज्यालादारी मजदुर नै बढी मर्कामा परेका छन । सरकारले यिनीहरुको लागि केही राहत प्योकज घोषणा गरेपनि त्यसले यति लामो लकडाउनलाई थेग्न सक्ने अवस्था छैन । त्यसैले नेपालमा पनि केही व्यवसायी, उद्यमी, सामाजिक तथा नीजि संस्थाहरुले स्थानीय स्तरहरुमा त्यस्ता घरपरिवारलाई केही राहत प्याकेज बांँडिरहेका छन ।
यस्तो संकटकालिन अवस्थामा आम नेपालीको दायित्व भूमिका के हुन्छ ? आफ्नो व्यवसायिक धर्म र मानवीय धर्म कसरी निभाउनु पर्छ र मानव सेवा , के हो? यी सबैको बारेमा नौलो फुड इन्डष्ट्रिज, रिद्धिसिद्धि खाद्यान्न भण्डार एवं नौलो फुड खाद्य उद्योगका सञ्चालक उमाशंकर अग्रवाललले यस लकडाउनको समयमा आफ्नो सामाजिक , मानवीय धर्मलाई कसरी निभाउनु भएको छ भन्ने बिषयमा हल्कारो समाचारले गरेको कुराकानीमा आधारित संपादित अंश ।
तपाईले पछिल्लो तीन हप्ता कसरी बिताउनु भएको छ ?
म एउटा व्यवसायी र सामाजिक व्यत्तित्व पनि हुँ । केही हप्ता देखि विश्व कोरोना भाइरसबाट आक्रान्त छ । विश्वका अधिकांश देशले यसलाई सामना गरिरहेका छन । यसलाई जित्ने कोशिस गरिरहेका छन । हाम्रो देशपनि अहिले यही पीडामा छटपटाईरहेको छ । एकातिर भाइरसको जोखिम उत्तिकै छ भने अर्कोतिर दैनिक जीवन यापन गर्न पनि अप्ठेरो भइरहेको छ । तर म एक व्यवसायी को नाताले मैले सरकारले निर्देशन गरेका नीति नियमको पालना गरिरहेको छु । लकडाउनको समयमा मानिसलाई चाहिने खाद्यवस्तु चामल, दाल , भूजा ,पास्ता लगायतका उत्पादनहरु हामीले सर्वसुलभ तरिकाले बिक्री वितरण गरेका छौ ं । यसको जिल्लामा अभाव हुन नदिन व्यवस्थापन, र वितरणलाई जोड दिएका छौं । यस्ता जोखिम, अभावको लामो अनुभव मसंँग भएकोले यसको लागि खरिद, भण्डारण र व्यवस्थापनामा पनि उत्तिकै दायित्व बहन गरिरहेका छौं । अहिले सम्म उपभोक्तालाई अभावको महसुस हुन दिएका छैनौ ।

तपाईको खाद्य भण्डारले कसरी सहज रुपमा उपभोक्ता माझ सेवा दिईरहेको छ ?
मेरो यो भण्डार विगत ३० बर्षदेखि ग्राहक,डिलर , बिक्रेता लाई सेवा दिईरहेको छ । नेपालमा यस्ता परिस्थिति अप्ठ्याराहरु धेरै पार गरेको मेरो अनुभव छ । चाहे ४६ सालको आन्दोलन, चाहे दरबार हत्याकाण्ड बेला भएको कफ्र्यु ,भुकम्प, द्धन्द्धकालीन समय , नाकाबन्दी थुप्रै अप्ठ्यारासँग म साक्षात्कार छु । यस्तो बेला मेरो खाद्य भण्डारले प्रतिकुल परिस्थितिको कहिल्यै फाइदा उठाएन । यस्तो बेला हामीले थप जिम्मेवारीको महसुुस ग¥यौं । व्यवसायमा इमान्दारिता, लगनशीलता चाहिन्छ । जसका कारण म अहिले सम्म टिकीरहेको छु। त्यसैले यस्तो बेला हामी झन गम्भिर र संवेदनशील भएर आम उपभोक्ताको सेवा गरिरहेका छौं ।
तपाई आफै एउटा धार्मिक , अध्यात्मिक स्वभावको व्यक्ति तपाईले यो बिषम परिस्थितिमा के कस्तो मानवीय धर्म निभाउनु भएको छ ?
म एउटा व्यवसायी त हो तर यो समाजमा एउटा नागरिकको हिसाबले जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्छनै । त्यसैले मेरो व्यवसायको स्थापना कालदेखिनै मैले विभिन्न सामाजिक दायित्व पुरा गर्दै आएको छु । चाहे भुकम्पका बेला होस , अन्य दैवी प्रकोप होस मैले आफ्नो उत्तरदायित्व निभाउंँदै आएको छु । पैसा सबैलाई चाहिन्छ तर यसको उपयोग गर्न पनि जान्नुपर्छ । यो स्थिर रहने बस्तु होइन । यसतै विपत्ती परेका बेला र गरीब दुःखीहरुलाई सहयोग गर्न सकेमात्र धन कमाएको सार्थकता हुन्छ । मैले दर्जनौं सस्थाहरुलाई विगतका बर्षहरु देखि नै सहयोग गर्दै आएको छु । म आफैपनि आधा दर्जन सामाजिक तथा परोपकारी संस्थामा आवद्ध छु । अहिले हाम्रो देश, समाज विषम परिस्थितिमा छ । एकातिर रोगको त्रास उत्तिकै छ त अर्कोतिर भोकले पनि मानिसलाई उत्तिकै सताएको छ । हुनेखानेले त यो समस्या सजिलै टार्लान तर हुंँदा खानेको अवस्था कारुणिक बन्दै गएको छ । उनीहरुले काम गर्छु भन्दा काम पाएका छैनन । यस्ता समुदाय , घर परिवारलाई मैले निःशुल्क खाद्यान्न बस्तु सहयोग गर्दै आएको छु । काम गरेर खान नसक्ने, दैनिक ज्यालादारी मजदुरी गर्नेलाई हालसम्म १५० घरपरिवारलाई केही दिन को लागि पुग्ने खाद्य वस्तु वितरण गरिसके । अहिले पनि मैले यो सहयोगलाई निरन्तरता दिने नै छु । त्यसैले धन हुनेले सहयोग गरेन वा गर्न चाहेन भने उसले कमाएको धनको अर्थ हुदैन । धन त बांँचुन्जेल सम्म काम लाग्ला तर धर्म , मानव सेवा परोपकार जुगौंसम्म जीवन्त रहन्छ ।

तपाईले पछिल्लो बर्षहरुमा व्यवसाय भन्दा पनि समाजिक र धार्मिक कार्यलाई बढी समय दिनुभएको छ किन?
समय र परिस्थिति अनुसार मानिसका काम कर्तव्य एकैतवरले चल्दैनन । यतिबेला मेरो लगभग रिटायर्ड लाइफ हो मैले मेरो व्यवसाय स्थापित गराइसकेर आफ्ना छोराहरुलाई जिम्मा दिएको छु । अहिले मेरो दिनचर्या पहिले भन्दा बिल्कुल फरक छ । बिहान नित्यकर्म गरी ध्यान पुजापाठ, योगालाई समय दिने गरेको छु । दिउसो धार्मिक अनुष्ठानका कार्य र सामाजिक कार्यमा आफ्नो समय दिएको छु । जसले गर्दा मलाई आनन्द मिल्छ । मानव सेवा जस्तो सेवा अरु केही हुदैन । आफ्नो लागि त अरु प्राणी पनी बांँचिरहेका हुन्छ मानिस प्राणी मध्येको पनि सर्वश्रेष्ठ प्राणाी हो । हामी विवेकले चल्नुपर्दछ । आफुले कमाएको केही रकम दीनदुःखीको सेवामा लगाए मात्र जीवन अर्थपूर्ण हुन्छ । धन कमाएर अहँंकारिता भयो भने मानिसलाई त्यही धनले सखाप पार्छ । त्यसैले बांँकी जीवन उपलब्धीमुलक होस भन्ने हेतुले धार्मिक तथा समाजिक कार्यलाई बढी जोड दिएको हुंँ ।
तपाईले समाजसेवालाई अगाडि लैजान व्यक्तिगत तथा संस्थागत रुपमा पनि सहयोग गर्दै आउनु भएको छ ? सामाजिक कार्यलाई कसरी अगाडी बढाइरहनु भएको छ?
मैले व्यक्तिगत रुपमा पनि सहयोग गर्दै आएको छु यसको साथसाथै मैले संस्थागत रुपमा दर्ता गरेर नै यसलाई निरन्तर अगाडी बढाइरहेको छु मेरो उमाशंकर ट्रष्टमार्फत विभिन्न सामाजिक संस्थालाई नियमित रुपमा सहयोग गरिरहेको छु । अर्को मैलै बास नपाएका अन्य बटुवा, यात्रीको लागि मेरो आमा बुबाको नाममा धर्मशाला निर्माण गरेको छु । जहांँ अतिनै न्यूनतम शुल्कमा मानिसहरुले बास बस्न पाउने छन । यस्तै मैले केही बर्ष अघिदेखि वागेश्वरी गौ संरक्षण केन्द्रमा रहेका स्थानीय गाईको संरक्षणको लागि सहयोग गरेको छु । त्यहाँ गाईराख्ने गोठ निर्माण देखि त्यहांँ रहेका हेरालुलाई खान बस्न र पारिश्रमिक व्यवस्थापनको लागि पनि सहयोग गर्दै आएको छु । यस्तै म नेपाल राष्ट्रिय मारवाडी परिषदको केन्द्रीय उपाध्यक्ष पनि हो । यस संस्थामार्फत दर्जनौं सामाजिक कार्य , सहयोग गर्दैै आएको छु । यस्तै भरतपुरमा रहेको मानवसेवा आश्रमलाई पनि खाद्यान्न हरेक बर्ष पटक पटक सहयोग गर्दै आएको छु ।
भविष्यमा तपाईको योजना के छ?
म बिस्तारै बुढ्यौली टेकिसके अब मेरो रिटायर्ड जीवन हो । यस जिन्दगीलाई कसरी सार्थक र उपलब्धिमुलक बनाउने भन्ने बिषयमा केन्द्रीत रहन्छु । म ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रको पनि सदस्य हो । दैनिक केही समय यस केन्द्रमा पनि बित्छ । बाँकी समय मेरो क्षमताले भ्याएसम्म सामाजिक कार्य , धार्मिक कार्य तथा दीनदुःखीको सेवामा बिताउने छु ।
अन्त्यमा देश कोरोना भाइरसको त्रासमा रहेको बेला र नयांँ बर्षको अवसरमा के सन्देश दिन चाहनुहुन्छ ?
अहिले देशमा दुख परिरहेको बेला यस कोराना भाइरससंँग हामी जुधिरहेका छौं । यसलाई परास्त गर्न एउटै मात्र उपाय हामीसंँग छ त्यो हो । सरकारले गरेको लकडाउन पालना गर्ने, सामाजिक दुरी कायम राख्ने,सरसफाइमा ध्यान दिने र स्वस्थकर खाना खाने । त्यसैले म आफूले सक्दो आफ्ना टोलछरछिमेकमा रहेका विपन्न र ज्याला मजदुरहरुलाई सहयोग गर्न अनुरोध गर्दछ । नयांँ बर्षले आम नेपाली दाजुभाई, हाम्रा उपभोक्ता , बिक्रेता , नातेदार तथा शुभचिन्तकहरुमा भगवानले रोगलाई परास्त गर्ने क्षमता प्रदान गरुन । २०७७ सालले हरेकको घरमा सुख समृद्धि, प्रगति र शान्ति ल्याओस यही छ मेरो नयांँ बर्षको शुभकामना !








