• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

लागुऔषध अफिम सहित पक्राउ

  •   शुक्रबार, पुष २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ तिनडोबियाबाट प्रहरीले लागुऔषध अफिमसहित ४० वर्षीय खोभारी प्रसादलाई पक्राउ गर्यो । इलाका प्रहरी कार्यालय पोखरियाले ०७७ असोज २० गते उनको घर खानतलासी गर्दा ८ किलो ५० ग्राम अफिम बरामद गरेको थियो । पक्राउ परेका खोभारी अदालतको आदेशपछि पुर्पक्षका लागि वीरगञ्ज कारागारमा छन् ।

    बिक्री वितरण गर्ने उद्देश्यले लागुऔषध अफिम ठूलो मात्रामा लुकाइ छिपाइ राखिएको सूचनाको आधारमा प्रहरी निरीक्षक दीपक थापाको कमाण्डमा गएको टोलीले अफिम बरामद गरेको थियो । सोफा मुनि कपडामा बाँधेर राखेको अवस्थामा ५० ग्राम र मेनेजर राउत कुर्मीको धान खेतमा सेतो प्लाष्टिकको झोलामा ८ किलो अफिम बरामद भएको थियो । अनुसन्धानका क्रममा खोभारीको बुवा गम्भिरा राउत कुर्मी, गाउँकै शैमुल्लाह आलम भन्ने मरफि मियाँ र ३५ वर्षीय नजिर आलम पनि घटनामा संलग्न रहेको खुल्यो । उनीहरुले योजनाबद्ध रुपमा पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षा बस्ने ५३ वर्षीय अमजद मियाँ भन्ने अमजद मियाँ चुरिहारसँग अफिम खरिद गरेका रहेछन् । चुरिहारसँग सस्तो मूल्यमा खरिद गरेर भारतमा बेच्न लग्ने योजना प्रहरीको छापामारीपछि तुहिएको थियो ।

    उनीहरुले भारत बिहार राज्य पश्चिमी चम्पारण जिल्ला मोतिहारी स्टेशन बस्ने ६० वर्षीय दिनेश गुप्ता, बिहार राज्य पश्चिमी चम्पारण जिल्ला बेतिया सिक्टा बस्ने २५ वर्षीय राकेश राय भर र बेतियाकै २८ वर्षीय महेश राय भरलाई लागुऔषध बिक्री गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न उनीहरु फरार छन् । उनीहरुविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । फरार अभियुक्तहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । अभियुक्त खोभारीले प्रहरीलाई दिएको बयानअनुसार लागुऔषध ओसारपसारका लागि भारतीय तस्करले रकम दिने गरेको पाइएको छ ।

    शैमुल्लाह भन्ने मरफी मियाँसँग मिलेर खोभारीले पहिलेदेखि नै लागुऔषधको कारबार गर्दै आएका रहेछन् । कोभिड–१९ का कारण लकडाउन शुरु भएपछि काम ठप्प थियो । लकडाउन खुकुलो भएपछि शैमुल्लाह, नजिर र खोभारीबीच १/१ लाख लगानी गरेर कारोबार शुरु गर्ने सल्लाह भयो । थप रकम भारतीय टोलीसँग मागेर ल्याउने सहमति भयो । सोही अनुसार तीन जनाले १/१ लाख जम्मा गरे र भारतबाट तीन लाख बीस हजार (भारु २ लाख) मागेर ६ लाख २० हजार जम्मा गरिएको खोभारी बताउँछन् ।

    पैसा जम्मा भएपछि असोज १९ गते शैमुल्लाह र भारतीय नागरिक दिनेश गुप्ताले पठाएका महेश र राकेश रायभर अजमद मियाँकोमा गएका थिए । उनीहरुले प्रतिकिलो ७७ हजार ५ सय रुपैयाँका दरले ८ किलो र ५० ग्राम अफिम नमुनाको रुपमा लिएको खोभारीले बताएका छन् । ‘किनेको भोलिपल्ट बिहान ४ बजे नै आएर बुवा र मलाई उठाएर अफिम राख्न दिएका थिए, राति पठाउने भनेर सुत्ने कोठाको सोफामुनि लुकाएर राखेको थिएँ । दिनेश गुप्तालाई ८५ हजारका दरले पठाउने भनी सल्लाह भएको थियो,’ उनले भने, ‘त्यहि दिन राति खाना खाएर सुतिरहेको अवस्थामा प्रहरी आइपुग्यो । बुवा र मैले अफिम भएको झोला घरको छतबाट मेनेजर राउत कुर्मीको धान खेतमा फालेका थियौं ।

    ५० ग्राम सोफा मुनि नै थियो । प्रहरीले फेला पारिहाल्यो ।’ बरामद गरेको भन्दा बढी परिमाणमा लागुऔषध रहेको सूचना पाएको प्रहरी त्यत्तिकै फर्किएन । थप लागुऔषध कहाँ छ ? भनेर सोधेपछि खोभारीले धान खेतमा फालेको बताएको प्रहरी निरीक्षक थापा बताउँछन् । ‘सूचनाको आधारमा खोभारीको घरमा छापमारी गर्दा अफिम भेटियो । उनलाई तत्कालै पक्राउ गर्यौं,’ प्रहरीले निरीक्षक थापाले भने, ‘अन्य अभियुक्तहरु भारततिर भागेका छन् । हामीले उनीहरुको खोजतलास गरिरहेका छौं ।’

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.