इलाम । इलामको माङ्सेबुङ गाउँपालिका भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय किरण राई रहेका छन् । राईको उपचारका लागि झापातर्फ लैजाने क्रममा मृत्यु भएको हो । ना ३ ख २०५ नम्बरको काठको गोलिया बोकेको ट्रक पाँचथरबाट झापातर्फ जाँदै गर्दा अनियन्त्रित भई २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।








