• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रधानसेनापति ट्रफी : १६ नम्बर बाहिनी अड्डा टिम च्याम्पियन

  •   शनिबार, पुष २५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा १६ नम्बर बाहिनी अड्डा टिम च्याम्पियन बनेको छ । शुक्रबार भएका खेलको नतीजाका आधारमा १६ नम्बर बाहिनी च्याम्पियन बनेको हो ।

    प्रतियोगितामा उत्तर पश्चिम पृतना दोस्रो तथा उपत्यका पृतना तेस्रो भएका छन् । यस्तै खेल प्रदर्शनका आधारमा जगदल गण पहिलो, दुर्गा बक्स गण दोस्रो तथा ज्वाला दल गण तेस्रो भएका छन् ।

    सुटिङअन्तर्गत मिक्स पेस्तोलतर्फ शुक्रबार सम्पन्न फाइनल खेलमा १६ नम्बर बाहिनी अड्डाको जगदल गण पहिलो भयो । जगदल गणका गनर दीपक ओड र राधिका घर्ती ६५६ अङ्क प्राप्त गर्दै प्रथम भए। सोही स्पर्धामा उत्तर पश्चिम पृतनाको नन्द बक्स गणका सिपाही आदित्य खड्का र ज्वाला दल गणकी सिपाही विमला भण्डारी दोस्रो तथा १३ नम्बर बाहिनी अड्डाको नम्बर २ राजदल गणका अमलदार कृष्ण शाही र सोही गणकी गनर दिलकुमारी रम्जाली तृतीय भए । खड्का र भण्डारीले कूल ६३२ तथा शाही र रम्जालीले कूल ६२७ अङ्क प्राप्त गरेको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्र, जङ्गी अड्डाले जनाएको छ ।

    यस्तै शुक्रबारै सम्पन्न मिक्स राइफलतर्फ १६ नम्बर बाहिनी अड्डाको जगदल गणका प्यूठ पूर्णकुमार श्रेष्ठ र सोही गणकी प्यूठ खेमा शाही पहिलो भए । श्रेष्ठ र शाहीले कूल ७२६ अङ्क प्राप्त गरे । सो स्पर्धामा उपत्यका पृतनाको दी फेमस महेन्द्र दल गणका सिपाही मनोज बस्नेत र दुर्गा बक्स गणकी अमलदार हेमा चौधरी कूल ७१४ अङ्कका साथ दोस्रो तथा १५ नम्बर बाहिनी अड्डाको गणेश दल गणका सिपाही टङ्कप्रसाद जैसी र सिग्नल तालीम शिक्षालयकी हवल्दार दीपा बूढामगर कूल ७०७ अङ्कका साथ तेस्रो भइन् ।

    यसैगरी सुटिङअन्तर्गत पुरुष पेस्तोलतर्फ उत्तर पश्चिम पृतनाको नन्द बक्स गणका सिपाही आदित्य खड्का ३१८ अङ्क प्राप्त गर्दै पहिलो, १६ नम्बर बाहिनी अड्डाको जगदल गणका गनर दीपक ओड ३२१ अङ्कका साथ दोस्रो तथा मध्य पृतनाको चन्दनाथ गणका प्यूठ सुशान्त राई ३२० अङ्कका साथ तेस्रो भए । महिला पेस्तोलतर्फ १३ नम्बर बाहिनी अड्डाको नम्बर २ राजदल गणकी गनर दिलकुमारी रम्जाली ३४३ अङ्कका साथ पहिलो, १६ नम्बर बाहिनी अड्डाको जगदल गणकी गनर राधिका घर्ती ३३५ अङ्कसहित दोस्रो तथा पूर्वी पृतनाको पशुपतिप्रसाद गणकी सिपाही अञ्जु विक ३१८ अङ्क प्राप्त गर्दै तेस्रो भए ।

    यस्तै शुक्रबारै सम्पन्न पुरुष राइफलतर्फ उत्तर पश्चिम पृतनाको ज्वाला दल गणका प्यूठ नारायणसिंह दोङ ३९१ अङ्क प्राप्त गर्दै पहिलो, १५ नम्बर बाहिनी अड्डाको गणेश दल गणका सिपाही टङ्कप्रसाद जैशी ३७३ अङ्कका साथ दोस्रो तथा १६ नम्बर बाहिनी अड्डाको जगदल गणका प्यूठ पूर्णकुमार श्रेष्ठ ३५८ अङ्क प्राप्त गर्दै तेस्रो भए । महिला राइफलतर्फ उपत्यका पृतनाको दुर्गा बक्स गणकी अमलदार हेमा चौधरी ३७३ अङ्कका साथ पहिलो, मध्य पृतनाको सिद्धिबक्स गणकी सिपाही राधा गुरुङ ३६९ अङ्क प्राप्त गर्दै दोस्रो तथा १६ नम्बर बाहिनी अड्डाको जगदल गणकी प्यूठ खेमा शाही ३६८ अङ्कका साथ तेस्रो भए ।

    यसैगरी हालसम्मको खेल प्रदर्शनका आधारमा पुरुषतर्फ उत्तर पश्चिम पृतनाको ज्वाला दल गणका प्यूठ नारायणसिंह दोङ ३९१ अङ्कका साथ तथा महिलातर्फ उपत्यका पृतनाको दुर्गा बक्स गणकी अमलदार हेमा चौधरी ३७३ अङ्क प्राप्त गर्दै उत्कृष्ट खेलाडी घोषित भइन् ।

    यस्तै फुटबलमा राजदल गणले सिद्धिदल गणलाई ३–१ गोलले, सिंहनाथ गणले दुर्गा बक्स गणलाई २–० गोलले, जगदल गणले कालीसिद्धि गणलाई २–१ गोलले तथा पश्चिम पृतनाको इएमई गणले युद्धकवाज गणलाई ४–१ गोलले पराजित गरेको छ । यसैगरी बास्केटबलतर्फ उपत्यका पृतनाले १५ नम्बर बाहिनीलाई ६२–३६ अङ्कले, विषेश फौज बाहिनीले १७ नम्बर बाहिनीलाई ६८–४१ अङ्कका साथ तथा मध्य पृतनाले पश्चिम पृतनालाई ७४–४७ अङ्कले पराजित गरेको छ । शुक्रबारै भएको भलिबल खेलमा १३ नम्बर बाहिनीले १६ नम्बर बाहिनीलाई ३–२ सेटले तथा उपत्यका पृतनाले १४ नम्बर बाहिनीलाई ३–० सेटले पराजित गरेको जङ्गी अड्डाले जनाएको छ ।

    ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ नारासहित प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ बुधबारदेखि सञ्चालन भएको हो । सो प्रतियोगिता आगामी माघ २ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाली सेनाको १५ टोलीको सहभागिता रहेको छ । सेनाले विसं २०६५ देखि प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको छ ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.