काठमाडौँ । शनिबार उडेलगत्तै बेपत्ता भएको इन्डोनेसियाको श्रीविजया एअर बोइङ ७३७ विमान दुर्घटना भएको सम्भावित स्थान पत्ता लागेको छ । ६२ जना सवार विमान पश्चिमी कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा दुर्घटनाग्रस्त भएको हो ।
सो विमान उडे लगत्तै समुन्द्रमा खसेको बताइएको छ । दुर्घटना भएको सम्भावित क्षेत्रमा १० वटा जहाज र नेभीका गोताखोरहरु परिचालित गरिएका छन् । स्रोतका अनुसार जहाजका केही अवशेष र शवहरुसमेत दुर्घटनास्थलमा फेला परेको छ । उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले तीन हजार मिटर तल झरेको थियो ।
विमानको रजिस्ट्रेसनका अनुसार बोइङ ७३७–५०० मोडलको विमान २६ वर्ष पुरानो थियो ।








