जनकपुर । स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा नगरपालिका(२२ हकपाराका ३९ बर्षीय शिवनाथ यादव रहेका छन् । प्रहरी चौकी लगडीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनलाई सिराहा नगरपालिका(२१ बाट नियन्त्रणमा लिएको सिराहाका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । उनलाई रकमसहित थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।








