चितवन । कोरोना नमुना परीक्षणका क्रममा चितवनको रत्ननगरमा रहेको गुन्जमान सिंह अस्पतालमा र्यापिड टेस्ट क्रममा एकजनालाई कोरोना पोजेटिभ देखिएको छ ।
अस्पतालका अनुसार मंगलबार गरिएको ३९ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा विदेशबाट फर्किएका एकजनामा कोरोना पोजेटिभ देखिएको हो । उनको स्वाबको नमुना लिएर भरतपुर प्रयोगशालामा पठाइएको अस्पतालले जानकारी दिएको छ । अन्य ३८ जनाको भने रिपोर्ट नेगेटिभ देखिएको छ । त्यसैगरी गुन्जमान अस्पतालमा निर्माण गरिएको अस्थायी कोरोना आइसोलेसन केन्द्रबाट कोरोना परीक्षणको लागि बुधबार तीन जनाको नमुना भरतपुरमा पठाइएकामा रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।








