काठमाडौँ । प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमै रोकिएको छ । गएराति भएको खेलमा आर्सनलले घरेलु मैदानमा क्रिस्टल प्यालेससंग गोल रहित बराबरी खेल्दै अंक बाँडेका हो । खेलको पहिलो हाफमा गोल रहित बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा केही आक्रमण बुनेपनि गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमै टुंगिएको हो । यो बराबरीसँगै आर्सनल १८ खेलबाट २४ अंक जोड्दै तालिकाको ११ औं स्थानमा उक्लिएको छ । क्रिस्टल २३ अंकसहित १३ औं स्थानमा छ ।








