काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २७० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६० हजार ५६७ संक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ४८ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ४ हजार ३०१ रहेको छ ।








