नवलपुर । कृषकलाई कृषिका लागि आवश्यक सुविधा प्रदान गर्न प्रदेश सरकार तयार रहेको गण्डकी प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले बताउनुभएको छ । शुक्रबार नवलपुरको कावासोतीमा कृषि ज्ञान केन्द«संगै भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको ंसंयुक्त उद्घाटन गर्दै मन्त्री थापाले कृषिमा दुःख र मिहिनेत बढि भएको र त्यसमा पनि कृषकलाई राज्यस्तर बाट सुविधा नदिने हो भने कृषि प्रदान मुलुक भन्न सोभा नदिने बताउनुभयो ।
उहाले कृषकको अनुदान र सहुलित प्रदान गर्न सरकार तयार रहेको बताउनुभयो। अब जिल्लामा रहेका कृषकहरु कृषि र पशु सम्बन्धि सेवाका लागि तनहुँ स्थित दमौली पुग्नुपर्ने बाध्यता हटेको भन्दै गण्डकी प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गर्ने उदेश्यसहित नवलपुरमा पनि ज्ञान केन्द्र स्थापना गरिएको मन्त्री थापाले बताउनुभयो । कृषि ज्ञान केन्द्र तनहुँबाट बिभिन्न कार्यक्रमको सुचना प्रकाशन गरिएको हुदाँ जम्मा भएका निवेदनलाई नवलपुर जिल्लाबाटै फछ्यौट गर्ने काम गरिने बताउनुभयो ।
प्रदेश सरकारले यस अघि ६ वटा जिल्लामा मात्रै ज्ञान केन्दको स्थापना गरेको थियो । अहिले थप ५ वटा जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरी सबै जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना मन्त्री थापाले बताउनुभयो । त्यस्तै प्रदेशमा यसअघि ७ मात्र वटा पशु सेवा केन्द्र रहेकोमा थप ४ वटा पशु सेवा केन्द्र तथा भेटनरी अस्पताल निर्माण गरिएको बताउनुभयो । त्यस्तै उहाँले नवलपुर कृषि ज्ञान केन्द«मा १२ जना दरबन्दीको कर्मचारी र पशु बिज्ञ केन्द्रमा १० जना दरबन्दीका कर्मचारी रहने मन्त्री थापाले बताउनुभयो ।
नेपाली कङग्रेसका बिपक्षीदलका नेता कृष्णचन्द्र नेपालीले नवलपुर जिल्ला कृषि क्षेत्र मात्रा नभएर उद्योग ,पर्यटन क्षेत्रको ठुलो सम्भावना रहेको जिल्ला बताउदैँ कृषकहरुलाई आवश्यक सेवा प्रदान गरी उत्पादन कार्यलाई बढाउन सके त्यसले नवलपुर जिल्लासंगै समग्र प्रदेशलाई नै फाईदा पुग्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मनमायाँ पङगेनी भट्टराई, जिल्ला समवन्य समिति नवलपुरका प्रमुख चेसराम आले मगर उपाध्यक्ष शारदा बिश्वकर्मा , प्रदेश सांसद रोशन गाहा मगर, कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन, लगायतको सहभागिता रहेको थियो । भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय प्रदेश सचिव शबनम शिवाकोटीको अध्यक्षतामा आयोजना गरिएको थियो । भने कार्यक्रम सञ्चालन कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल शर्मा लामिछानेले गर्नुभएको थियो ।








