काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार १ सय ५ जना कारबाहीमा परेका छन् । प्रहरीले उपत्यकाको विभिन्न ठाउँबाट उनीहरुलाई शुक्रबार बिहानै नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी प्रमुख डिआइजी विश्वराज पोखलेलले शुक्रबार बिहान लकडाउन उल्लंघन गर्ने ८ सय ३४ सय जना महिला र २ सय ७१ पुरुषलाई कारबाही गरिएको जानकारी दिनुभएको छ । लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले सडक छेउमा बनाएको सेता घेराभित्र २ घण्टा उभ्याएर छाड्ने गरेको छ ।
डिआइजी पोखरेलका अनुसार शुक्रबार लकडाउन उल्लंघन गर्ने १ सय ४ सवारी साधन कारबाहीमा परेका छन् । प्रहरीले लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई दिनभर नियन्त्रणमा लिएर बेलुका मात्र सवारीधनीलाई दिने गरेको छ ।








