गोरखा । गोरखाको चार पालिका पहिरो पूर्व सूचना प्रणाली स्थापनाका लागि छनौट भएको छ । जिल्लाको अजिरकोट गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाको नाम गृह मन्त्रालयमा सिफारिस गरी पठाएको सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनुभयो ।
गृह मन्त्रालयको निर्देशनका आधारमा जिल्ला विपद् व्यवस्थापन समितिले पालिकाहरुको नाम छनौट गरी पठाइएको हो । भूकम्पबाट सबै भन्दा धेरै प्रभावित भएका र पहिरोको बढि जोखिम भएका स्थानीय तहहरुको नाम पठाइएको छ । ति पालिकाको कुन ठाउँमा पूर्व सुचना दिने प्रणाली राख्ने भन्ने बारे गृहमन्त्रालयको विपद् व्यवस्थापन प्राधिकरणले ठाउँ छनौट आफैँ गर्नेछ ।
भुकम्पले छिया छिया भएको जमिनमा पहिरोले ठुलो क्षती पुग्न सक्ने भएकाले त्यसलाई कम गर्न पूर्व सूचना प्रणाली स्थापना गर्न लागिएको हो ।








