काठमाडौँ । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले बराबरी खेलेको छ । गएराति भएको खेलमा डर्टमण्डले मेइन्जसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफको ५७औं मिनेटमा लेभिन मेट ओज्टुनालीले गोल गर्दै पाहुना टोली मेइन्जलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए ।
तर, ७३ औं मिनेटमा थोमस मुनिरले गोल गर्दै डर्टमण्डलाई १-१ गोलको बराबरीमा फर्काए । ७६औं मिनेटमा डर्टमुन्डले पेनाल्टीमार्फत अग्रता लिने अवसर पाएपनि कप्तान मार्को रिउस चुके । रिउसको पेनाल्टी प्रहार पोष्टबाट बाहिरिएको थियो । बराबरीसँगै डर्टमण्डले १६ खेलबाट २९ अंक जोडेर तालिकाको चौंथो स्थानमा छ । पराजित मेइन्ज ७ अंक जोडेर तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
यस्तै, अर्को खेलमा आरबी लाइप्जिग पनि वल्फ्सवर्गसँग २–२ गोलको बराबरीमा रोकिँदा शीर्षस्थानमा उक्लने मौकाबाट बञ्चित बनेको छ ।








