काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २६६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४०० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६१ हजार ४४४ संक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ५९ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेको छ ।








