काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित हात पारेको छ । गएराति भएको खेलमा आर्सनलले न्युकासलमाथि ३-० को जित निकालेको हो । पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफको ५०औं मिनेटमा कप्तान पिएरे एम्रिक औबामियाङले गोल गर्दै घरेलु टोली आर्सनललाई सुरुवाती अग्रता दिलाए ।
६० औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । त्यसपछि ७७औं मिनेटमा औवामियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-० को सहज जित दिलाए । यो जितसंगै आर्सनल १९ खेलमा २७ अंकसहित दशौँ स्थानमा उक्लिएको छ । पराजित न्युकासल १९ अंक जोडेर १५ औं स्थानमा छ ।








