काठमाडौँ । रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम ३२ राउन्डबाट बाहिरिएको छ । गएराति भएको खेलमा तेस्रो श्रेणीको एल्कोयानोसँग अतिरिक्त समयमा २-१ ले पराजित हुँदै रियल बाहिरिएको हो ।
खेलको ४५ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर, ८०औं मिनेटमा सब्सिच्युट जोस सोल्वेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि अतिरिक्त समयमा लम्बिएको खेलको १०९औं मिनेटमा एल्कोयानो १० खेलाडीमा समेटियो । क्यासमिरोमाथि फल गरेपछि रामोन लोपेज दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । ११५औं मिनेटमा जुआनानले गोल गर्दै एल्कोयानोलाई २-१ को ऐतिहासिक जित दिलाए ।
सन् २००१ यता रियल पाँचौ पटक तेस्रो डिभिजन टोलीसँग हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।








