सप्तरी । सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा खडक नगरपालिका–११ का २१ वर्षीय मोटरसाइकल चालक सिवेन्द्र साह र पछाडि सवार २५ वर्षीय अरविन्द यादव रहेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।
त्यस्तै मोटरसाइकलकै पछाडि सवार २५ वर्षीय सुनील चौधरी घाइते भएका छन् । घाइते चौधरीलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।








