चितवन । कोरोना संक्रमण पछि उपचार गराइ रहेकी एक युवती आज टेकु अस्पतालबाट डिस्चार्ज भएकी छन ।
काठमार्डौ निवासी ती युबतिको लगातार चार पटकसम्म गरीएको परीक्षणमा नेगेटिभ आए पछि उनलाई आज अस्पतालले डिस्चार्ज गरेको हो । उनलाई अस्पतालले फूलमाला सहित विदाई गरेको छ ।
उनि कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित भएर उपचारपछि निको भएर घर फर्किने दोस्रो ब्यक्ति बनेकी छन् ।
कतार एयरकाे विभानमा फ्रान्सबाट दाेहा हुँदै काठमाडाैं अएकी उनकी भियतनामी साथिलाई संक्रमण भएपछि उनको स्वास्थ्य परीक्षण गर्दा उनमा पनि संक्रमण पाइए पछि अस्पताल भर्ना गरिएकाे थियाे ।
चैत्र ९ गते काठमाण्डाैकाे शहीद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना भएकी उनमा १० गते कोरोना पुष्टि भएको थियो ।
२७ दिनसम्म उपचार गरेर स्वस्थ भएपछी उनलाई डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाले जानकारी दिएका छन्।
कोरोना संक्रमण पछि उपचार गराइ रहेकी युवती टेकु अस्पतालबाट डिस्चार्ज
कोरोना संक्रमण पछि उपचार गराइ रहेकी युवती टेकु अस्पतालबाट डिस्चार्ज
- अ
- अ
- अ








