मकवानपुर। बागमती प्रदेशसभाको बैठक आज बस्दैछ। बुधबार अनिश्चितकालका लागि स्थगित गरिएको बैठक सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजेका लागि बोलाएका छन्। नेकपाको प्रचण्ड–माधव पक्षका ४५ जना प्रदेशसभा सदस्यले पेस गरेको अविश्वासको प्रस्तावमा औपचारिक छलफल सुरु गर्ने तयारी गरिएको हो।
मुख्यमन्त्रीविरुद्ध पुस १० गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए। हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राजनीतिक दलहरुले बैठकलाई निरन्तरता दिन दबाब दिएका थिए। आजको बैठकमा कुनै कार्यसूची नभए पनि मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबुल हुनसक्ने प्रदेश सभा सचिवालयका प्रवक्ता सुन्दर पन्तले जनाकारी दिए।








