बझाङ । बझाङमा विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किदै गरेका एक युवाको खुडा प्रहार गरी हत्या गरिएको छ । मंगलबार बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या भएको हो ।
उनीमाथि विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर फर्किने क्रममा खुँडा प्रहार भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले जानकारी दिएका छन् । छबिस पाथिभेरा गाउँपालिका–३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको शिक्षक–अभिभावक संघको चुनाव सकेर घर फर्किने क्रममा भएको विवाद भएको थियो ।
प्रहरीका अनुसार घटनामा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपलिका–२ का ज्ञानबहादुर कडायत छन् । घटनामा प्रयोग भएको खुँडा प्रहरीले बरामद गरेको छ ।








