झापा । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१ बस्ने २९ वर्षीय सुमन घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । घिमिरेले ती महिलालाई गत आइतबार दिउँसो जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी तिरीङखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








