हेटौंडा । हेटौंडामा शुक्रवारबाट सुरु भएको ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगितामा सेन्ट्रल कलेज विएसी भरतपुरले विजयी सुरुवात गरेको छ । शुक्रवार उद्घाटन खेलमा मकवानपुर–११ लाई २– १ गोल अन्तरले पराजित गर्दै कलेजले विजयी सुरुवात गरेको हो । खेल सुरु भएको ५ मिनेटमै कलेजका विदेशी खेलाडी जोल ग्लोरीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए ।
खेलको १२ औं मिनेटमा मकवानपुर ११ का रन्जित आलेमगरले गोल फर्काए संगै खेल बराबरीमा फर्किएको थियो । खेलको ३२ औं मिनेटमा कलेजका ऋषि मोक्तानले गरेको गोल कलेजको लागि विजयी गोल बन्यो । खेलम म्यान अफ दी म्याच मकवानपुर(११ का गोलकर्ता रन्जित आलेमगर भएका थिए । उनले नगद ५ हजार पुरस्कार प्राप्त गरे ।
आज (शनिबार) दुई खेल हुने भएको छ । पहिलो खेल वीरगञ्ज युनाइटेड र हर्दि युवा समाज राप्ती र दोस्रो खेल वीरगञ्ज युथ एकेडेमी र दुधौली स्पोट्र्स क्लब सिन्धुलीबीच हुने आयोजक विजय युथ क्लबले जनाएको छ । प्रतियोगिताको फाईनल खेल २३ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगितामा मोफासलका १० टोलीको सहभागिता रहेको छ ।








