काठमाडौं । गायिका अञ्जु पन्तले बिहे गर्ने भएकी छन् । गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेको एक दशकपछि गायिका पन्तले बिहे गर्न लागेकी हुन् ।
पन्तले प्रेमी थिर कोइरालासँग बिहे गर्न लागेको उनको पारिवारिक स्रोतले बताएको छ । यद्यपी, बिहेको मिति भने तय भसकेको छैन । पन्त र कोइराला विगत एक वर्षदेखि प्रेममा रहेका छन् । केही समयअघि मात्र पन्तकी छोरी परितोशिका पन्तले आमाले बिहे गर्नुपर्ने बताएकी थिइन् ।








