हेटौँडा । हेटौँडामा जारी भिडोल विजयी थुय क्लब हेटौँडा गोल्डकपको फाइनलमा सेन्ट्रल कलेज भरतपुर फटबल क्लब पुग्न सफल भएको छ। हेटौँडा-१० मा रहेको वन विज्ञान क्याम्पसको खेल मैदानमा जारी गोल्डकपको आज सम्पन्न सेमिफाइनल खेलमा हर्दी युवा समाज राप्तीलाई हराउदै भरतपुरले फाइनलको यात्रा तय गरेको हो ।
भरतपुरले हर्दी युवा समाजलाई १ का विरुद्ध सुन्य गोल अन्तरले पराजित गरेको हो । भरतपुरलाई फाइनलमा प्रवेश गराउन पहिलो हाफको दशौं मिनटमा जोन ग्लोरीले गरेको गोल गरेका थिए। ग्लोरीले गरेको गोल नै निर्णायक रहन पुग्यो ।
भोलीको अर्को सेमिफाइनलमा खेल आयोजक टिम र बागमती युवा क्लब बिच हुने आयोजकले जनाएको छ।माघ २३ गते समापन हुने प्रतियोगितामा विजयी टिमले उपाधिसहित नगद ३ लाख हात प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।








