सांकेतिक तस्विर
झापा । पूर्वपश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिकामा बसले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विर्तामोडमा मागेर खाने ३२ वर्षीय सागर मिश्र रहेको प्रहरीले जनाएको छ ।
ना ६ ख १५२० नम्बरको बसले दक्षिणबाट बाटो काट्दै गरेका मिश्रलाई ठक्कर दिएपछि घाइते भएका थिए । उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएकोमा उनलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।








