काठमाडौं । एकै दिन कोरोनाभाइरस (कोभिड १९) संक्रमण थप ११ जना पुष्टि भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै आजै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा थप ३ जनामा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। एकैदिन ११ जनामा संक्रमण देखिएपछि प्रदेश१ सरकारले जिल्लालाई नै सिल गर्ने निर्णय गरेको छ।








