काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १७१ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा २२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६७ हजार २९२ जना संक्रमणमुक्त भएका छन् ।
आज कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ३३ छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या २ हजार २७७ रहेको छ ।








