चितवन । चितवनमा ६ हजार ५ सय ८० जनाले पहिलो चरणको कोरोना खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार अग्रपङ्तिमा रहेर काम गरेका स्वास्थ्यकर्मीहरुलाई पहिलो चरणमा खोप लगाउने कार्य जारी छ ।
बिहिबार भरतपुर अस्पतालका २सय ९६ जना, जिल्ला कारागार भरतपुरका २ सय २४ जाना, मानव सेवा आश्रमका ४८ जना , सि .एम . यसका ४३ जना गरी कुल ६ सय ३१ जनाले कोभिड १९ विरुद्धको खोप लिएका थिए भने शुक्रबार पनि ७ सय ८५ जनाले खोप लिएका छन् । यस्तै जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार अबको दुई महिनाभित्र पहिलो चरणमा खोप लिएकाहरुलाई दोस्रो चरणको खोप पनि दिईने छ । त्यस पछि मात्र सर्वसाधारणले खोप पाउने तिवारीको भनाई छ ।
तिवारीका अनुसार गर्भवती महिलाहरु,े गर्भवती बन्ने योजना बनाएका, बच्चालाई दुध चुसाउने आमाहरु, १८ वर्ष मुनिका, रगत पातलो बनाउने औषधि सेवन गरिरहेका, लामो समय सम्म महिनावारी हुने, शरीरमा एलर्जी भएका र जटिल अवस्थामा रहेका बिरामीले कोरोना विरुद्धको खोप लगाउन हुदैन भने केही समस्या भएकाहरुले चिकित्सक को परामर्श पनि अनिवार्य लिनुपर्ने छ । भने दीर्धरोग वा अन्य किसिमका समस्या भएकाले कोरोना खोप लगाउन हुने धारणा राख्नुभयो ।
कोरोना खोप लगाएपछि केहि असर देखिए पनि डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “केहि व्यक्तिमा चक्कर लाग्ने, ज्वरो आउने, बान्ता हुने समस्या देखिएको छ तर डराउनु पर्दैन यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।” यस्तै डा तिवारीले अनावश्यक बाहिरी हल्लामा नलाग्न समेत आग्रह गर्नुभयो ।








