काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणले १ लाख ५५ हजार बढिको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ७२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार २८ पुगेको हो । भारतमा कोरोना संक्रमितको संख्या १ करोड ८ लाख २७ हजार १७० पुगेको छ भने १ करोड ५ लाख २१ हजार ४०९ जना निको भएका छन् ।








