• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

रसुवामा ट्राफिक कारवाही तीव्र

  •   आइतबार, माघ २५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रसुवा । इजाजतबिना सवाारीसाधन चलाउने माथि ट्राफिक प्रहरीले कारवाही तीव्र पारेको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चालेको विषेश जाँच परीक्षण अन्तर्गत लामो समयदेखि सवारी साधनको नवीकरण नगरिएका र कतिपय चालकसँग अनुमति पत्र नभेटिएपछि परीक्षणकाल थप तीव्र पारिएको हो । परीक्षणको क्रममा ३५ का अनुमति पत्र नभएका र २० सवारी साधनले नवीकरण नगरेका भेटिइएको थियो । जिल्ला ट्राफिक प्रमुख ईन्द्रबहादुर घिसिङले सबैलाई पहिलो पटक कारवाहीस्वरूप जरिवान गरी छोडिएको जानकारी दिनुभयो ।

    उनीहरुलाई ट्राफिक नियम, हुनसक्ने जोखिम, भोग्नु पर्ने सजाय समेतका बारेमा प्रशिक्षणसमेत प्रदान गरिएको थियो । विशेष परीक्षण अन्तर्गत समग्रमा ५० सवारीसाधन कारवाहीमा परेका र जरिवानबापत दुई लाख ५० हजार राजश्व दाखिला भएको बताइएको छ । ट्राफिक व्यवस्थापन अन्तर्गत नियम उलङ्घन गर्ने सवारी साधनलाई बढीमा दुई हजारसम्म जरिवाना गर्ने प्रावधान रहेको उहाँले बताउनुभयो । जरिवाना गरिएका सवारीसाधन मध्ये छ देखि नौ वर्षसम्म नवीकरण नभएका तीन सवारीसाधनका धनीलाई छिटो नवीकरण गराउन कबुलियतसमेत गराइएको छ । दिन प्रतिदिन पासाङल्हामु राजमार्गमा गुढ्ने सवारीसाधनमध्ये सबै भन्दा धेरै मोटरसाइकलको सङ्ख्या बढी रहेकोे छ ।

    युवाले चलाएका ती सवारीसाधन तीव्ररूपमा गुड्ने पाइएकाले गुडाउने रफ्तारको बारेमासमेत सचेत गराउँदै आएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा सडकको अलावा गाउँटोलदेखि विद्यालयसम्म विविध प्रकारका सन्देशमूलक सचेतना कार्यक्रमसमेत अगाडि बढाइएको छ । जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेका अनुसार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा ट्राफिक नियमको कार्यान्वयन एवं महिला हिंसा नियन्त्रणलगायतका विषयमा सचेतना कार्यक्रम अगाडि बढाइएको हो ।

    विद्यालयस्तरमा गई विद्यार्थी माझ लागूऔषधका साथै साइवर अपराध नियन्त्रण एवं बालबालिकाको संरक्षण समेतका विषयमा सन्देशमूलक ज्ञान प्रदान गरिएको प्रहरी जनाएको छ । धुञ्चे, स्याफ्रबेँेसीँ, टिमुरेको साथै आमाछोदिङ्मो तथा नौकुण्ड गाउँपालिकाको केही विद्यालयमा सचेतना गराउने कार्य सम्पन्न भएको छ । ट्राफिक प्रहरीद्वारा सवारी साधनसम्बन्धी र नेपाल प्रहरीले कूलतबाट जोगाउन सानु उमेरबाटै विद्यालयस्तरदेखिनै दिएको ज्ञानले समुन्नत समाज निर्माणमा योगदान पुग्ने र यस्ता कार्यक्रमले निरन्तरता पाउनेमा सम्पूर्ण अभिभावक आशावादी रहेको समाजसेवी भवनाथ पौडेलले जानकारी दिनुभयो ।

    समाजमा हुने अपराध न्यूनीकरण गर्न प्रहरी अहोरात्र खटिरहेकोले जिल्लाभित्र कुनै प्रकारका अपराध भएमा वा हुने सम्भावनाको सङ्केत देखिएमा कार्यालयलाई जानकारी गराउन प्रहरीले आग्रह गरेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.