काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १३० जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा १९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६८ हजार २६६ जना संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप सात जनाको मृत्यु भएको छ ।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ४५ छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ७४४ रहेको छ ।








