काठमाडौं । आगामी चैतमा नेपाल, ओमान र अमेरिकाबीच हुने भनिएको आईसिसी विश्वकप लिग–२ को खेल स्थगित भएको छ । नेपालले उक्त त्रिकोणात्मक सिरिज आगमी मार्च १९ देखि २८ अर्थात् चैत ६ देखि १५सम्म खेल्ने कार्यक्रम रहेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ओमानले ७ दिनको क्वारेन्टाइन खर्च आईसिसीलाई तिर्न प्रस्ताव गर्दै आएकोमा आइसिसीले उक्त भार नबेहोर्ने भनेपछि सिरिज स्थगित भएको हो ।
तर, ओमान र आइसिसीले भने यस विषयमा कुनैपनि औपचारिक रुपमा क्यानलाई जानकारी नगराएको क्यानले जनाएको छ । छारको अवसरमा विदा दिइँदै आएको थियो ।








